दीर्घ रावल बने नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर
- BFIS News
- 2026 Aug 20 05:38
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिरहेका रावलले केन्द्रीय बैंकमा दुई दशकभन्दा लामो समय सेवा गरिसकेका छन्। उनी २०६२ माघमा सहायक निर्देशक पदबाट राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए।
राष्ट्र बैंकभित्र लामो अनुभव संगालेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनसम्बन्धी विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। कार्यकारी निर्देशकका रूपमा उनले बैंक सुपरिवेक्षणसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
रावलको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पदमा पदपूर्ति भएको छ। राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए।
सरकारले यसअघि रिक्तमध्ये एक पदमा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरिसकेको थियो। अब अर्को पदमा रावल नियुक्त भएसँगै राष्ट्र बैंकको डेपुटी गभर्नरको दुवै पद पूर्ण भएको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष हुने कानुनी प्रावधान छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया