डाटा सुरक्षामा इसेवाले प्राप्त गर्यो PCI DSS v4.0.1 प्रमाणीकरण
- BFIS News
- 2026 Aug 20 21:43
काठमाडौं । अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (PCI DSS) भर्सन ४.०.१ को मान्यता प्राप्त गरेको छ। कार्डसम्बन्धी डाटा सुरक्षाका लागि निर्धारित विभिन्न विश्वस्तरीय मापदण्ड पूरा गरेपछि इसेवाले उक्त मान्यता प्राप्त गरेको हो।
PCI DSS भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी रूपमा मान्यता प्राप्त सुरक्षा मापदण्ड हो। यसको विकास तथा सञ्चालन PCI Security Standards Council ले गर्दै आएको छ। यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीतिलगायतका मापदण्ड समेटिएका छन्।
इसेवाले यी सुरक्षा मापदण्ड पूरा गर्दै PCI DSS v4.0.1 को मान्यता प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार यसले इसेवामार्फत हुने डिजिटल कारोबारमा डाटा सुरक्षालाई प्राथमिकतामा राखिएको र ग्राहकका वित्तीय तथा व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न अपनाइएका प्रक्रियालाई थप प्रमाणित गरेको छ।
इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले PCI DSS प्रमाणीकरणले प्रयोगकर्ताको डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए।
“यस प्रमाणीकरणले इसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ,” खनालले भने, “हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार हाम्रो प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौँ।”
इसेवाले प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको जनाएको छ। सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण र पहुँच नियन्त्रणजस्ता सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार PCI DSS को मान्यता सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने प्रयासमा महत्वपूर्ण उपलब्धि हो। इसेवा यसअघि नै ISO/IEC 27001:2022 प्रमाणित संस्था पनि हो। उक्त अन्तर्राष्ट्रिय प्रमाणीकरणले संस्थाका प्रणाली तथा सञ्चालनमा रहेका सूचना सुरक्षा जोखिमको निरन्तर पहिचान, व्यवस्थापन र सुधारका प्रक्रियालाई आधार प्रदान गर्छ।
इसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया