Nepal Life

एनएमबी बैंकको तीन महिनाको मुनाफा ९६ करोड ३२ लाख, प्रतिशेयर आम्दानी २१ रुपैयाँ

National Life
  • BFIS News
  • 2023 Nov Fri 07:06
एनएमबी बैंकको तीन महिनाको मुनाफा ९६ करोड ३२ लाख, प्रतिशेयर आम्दानी २१ रुपैयाँ
RBB

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा ९० करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकले ६.५६ प्रतिशतले बढाएको हो ।

NIMB

समीक्षा अवधिमा बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । यस्तो आर्जन गत वर्षको तुलनामा ६.०७ प्रतिशतले बढि हो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशत र सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । तीन महिनाको अवधिमा बैंकले २ खर्ब एक अर्ब निक्षेप संकलन गरी एक खर्ब ९२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया