सुर्खेतका सन्तोष शर्माको गौरवपूर्ण उपलब्धि, नेपाल लाइफमा व्यक्तिगत व्यवसायतर्फ बने दोस्रो
- BFIS News
- 2026 Aug 29 06:51
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर सन्तोष शर्मा व्यक्तिगत व्यवसायतर्फ सर्वाधिक दोस्रो स्थान हासिल गर्दै ‘Leader Excellence Award 2026’ मा सम्मानित भएका छन्।
काठमाडौंस्थित याक एण्ड यती होटलमा आयोजित सम्मान कार्यक्रममा शर्मा नेपाल लाइफ इन्स्योरेन्सको व्यक्तिगत कोडअन्तर्गत उत्कृष्ट व्यवसाय गर्दै राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गरी सम्मानित भएका हुन्। शर्माले अघिल्लो आर्थिक वर्षमा व्यक्तिगत कोडमार्फत करिब ५ करोड रुपैयाँ बराबरको बीमा बीमा शुल्क आर्जन गरेका थिए।

बीमा क्षेत्रमा निरन्तर सक्रिय शर्माले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न उपलब्धि हासिल गर्दै आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। सन् २०२६ मा Court of the Table (COT) बन्न सफल शर्मा सन् २०२७ का लागि MDRT समेत बन्न सफल भइसकेका छन्।
Leader Excellence Award 2026 मा नेपाल द्वितीय स्थान हासिल गर्नु आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धि भएको शर्माले बताए। यस सफलताले आगामी दिनमा बीमा क्षेत्रमा अझ उत्कृष्ट काम गर्ने प्रेरणा, विश्वास र जिम्मेवारी थपिएको उनको भनाइ छ।

शर्माले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी नेपाल लाइफ इन्स्योरेन्स परिवार, आफूलाई विश्वास गर्ने बीमित तथा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरूको साझा उपलब्धिका रूपमा लिएका छन्।
उनले विशेष रूपमा सुर्खेत शाखाका शाखा प्रबन्धक विष्णु शर्मा, कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, सुर्खेत शाखाका सम्पूर्ण कर्मचारी तथा सहकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, आफन्त, साथीभाइ तथा आफूलाई विश्वास गरी बीमा व्यवसायमा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण बीमितप्रति समेत उनले धन्यवाद व्यक्त गरेका छन्।

यसैबीच, शर्माको पारिवारिक सफलताले पनि कार्यक्रममा विशेष महत्व पाएको छ। उनका जीवनसाथीले ‘सम्राट पदक’ प्राप्त गर्न सफल भएका छन् भने उनका दाइले समेत सोही पदक प्राप्त गरेका छन्। परिवारका सदस्यहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै शर्माले आफ्नो हरेक सफलता र संघर्षमा जीवनसाथीबाट प्राप्त साथ, विश्वास र प्रेरणाको विशेष योगदान रहेको बताएका छन्।
रसायनशास्त्रमा स्नातकोत्तर गरेका शर्मा हाल बीमा क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल भएका छन्। कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत COT बन्न सफल शर्मा लाखौ बीमितका लागि प्रेरणाका स्रोत बन्न सफल भएका छन्।
व्यक्तिगत व्यवसायमा राष्ट्रियस्तरको दोस्रो स्थान हासिल गरेसँगै शर्माले आगामी आर्थिक वर्षमा अझ उत्कृष्ट प्रदर्शन गर्दै ठूलो सफलता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माको सफलताको कथा
केमेष्ट्रिमा स्नातकोत्तर गरेका सन्तोष शर्माले आज बीमा क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्दै COT (Court of the Table) बन्न सफल शर्मा पछिल्लो समय बीमा क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
विगत १५ वर्षदेखि नेपाल लाइफमा निरन्तर सक्रिय शर्मा हाल सुर्खेत शाखाबाट कार्यरत छन्। यसअघि पनि उनी नेपाल लाइफका राष्ट्रियस्तरका विभिन्न सम्मेलनमा क्वालिफाइ हुँदै आएका थिए। तर यस वर्ष भने सुरुवातिदिनदेखि नै MDRT र COT को लक्ष्य लिएर पूर्ण रूपमा केन्द्रित भई लागिपरेको उनी बताउँछन्, जसको परिणामस्वरूप उनले यो महत्वपूर्ण उपलब्धि हासिल गरे।
बिरेन्द्रनगर–३, तातोपानी, सुर्खेत निवासी शर्माले त्रिभुवन विश्वविद्यालयबाट केमेष्ट्रिमा मास्टर डिग्री गरेका छन्। अध्ययनप्रति रुचि राख्ने उनले एलएलबी तथा एक वर्ष बिएड अध्ययनसमेत पूरा गरेका छन्। शिक्षासँगै उनी विभिन्न शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पनि संलग्न छन्। शर्मा सुर्खेत होराइजन एकेडेमी, अल्फा मल्टिपल एकेडेमी, तथा हिमालयन कलेज अफ होटल म्यानेजमेन्टका सञ्चालक हुन्।

बीमा क्षेत्रमा प्रवेश गर्दा उनको सोच खासै सकारात्मक भने थिएन। एक जना नजिकका साथीले बारम्बार बीमा गर्न आग्रह गरेपछि मात्र उनी बीमामा जोडिएका थिए। सोही साथीमार्फत पहिलो बीमा गरेपछि उनलाई अभिकर्ता बनेर काम गर्न सुझाव दिए। साथिको सुझावलाई स्वीकार गर्दै उनले अभिकर्ताको लाइसेन्स लिए। यसरी सुरु भएको यात्राले आज १६ वर्षभन्दा बढी समय पार गरिसकेको छ।
शुरुवाती दिनको संघर्ष सम्झँदै शर्मा भन्छन्, “सुरुमा अवस्था निकै तनावपूर्ण थियो। धेरै फोर्स गर्नुपर्थ्यो, धेरै फलोअप गर्नुपर्थ्यो। १० जनालाई भनेपछि एकजना मात्रै तयार हुने अवस्था थियो। तर निरन्तर फलोअप गर्दै जाँदा विस्तारै सबै साथीहरू जोडिन थाले, त्यसपछि उत्साह र जोस बढ्यो, यसरी निरन्तर रूपमा काम गर्दै आएको छु।”

उनी पेसागत बीमा अभिकर्ता संघ बीमक समित नेपाल लाइफका केन्द्रीय सदस्यसमेत हुन्। कर्णालीलाई राष्ट्रिय स्तरमा चिनाउने दृढ संकल्प बोकेका शर्मा भन्छन्, “हामी हरेक क्षेत्रमा सक्षम छौँ भन्ने देखाउनुपर्ने थियो। कर्णालीलाई प्रतिनिधित्व हुने गरी अगाडि बढ्नुपर्छ भन्ने सोचकै कारण आज यो सफलता सम्भव भयो।”

बीमालाई उनले गाँस, वास, कपासजत्तिकै अनिवार्य सुरक्षाको पाटोका रूपमा लिन्छन्। “बीमाले मानिसको कन्फिडेन्स लेभल बढाउँछ, आफ्नो अनुपस्थितिमा पनि परिवारको समृद्धि कायम राख्छ। नेपालको सन्दर्भमा त बीमा अनिवार्य नै हुनुपर्छ,” उनको धारणा छ।
कर्णाली भेगमा बीमाप्रतिको दृष्टिकोण सामान्यतः सकारात्मक भए पनि कतिपय नयाँ अभिकर्ताले स्पष्ट जानकारी दिन नसक्दा बजारमा नकारात्मक प्रभाव परेको उनी बताउँछन्। त्यसका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको जोड छ। सही जानकारी दिएमा सबैलाई सकारात्मक बनाउन सकिने उनको विश्वास छ।
शर्माको बुझाइमा बीमा जीवनका उतारचढावमा परिवार र जीवनको सुरक्षा गर्ने सहयात्री हो—बचत र सुरक्षा दुवै। ग्राहक सेवामा उनी अत्यन्तै संवेदनशील छन्। नियमित सेवा प्रभावका लागि उनले ग्रुपहरू बनाएर ग्राहकलाई किस्ताको समय, नयाँ जानकारी तथा दाबी प्रक्रियामा सहयोग गर्दै आएका छन्। व्यक्तिगत भेटघाटमार्फत सम्बन्ध ताजा राख्नु उनको विशेषता हो।

केमेष्ट्रिमा स्नातकोत्तर गरेका शर्माले पढेलेखेका व्यक्तिहरुले चाहेमा बीमा क्षेत्रको उच्च शिखरमा पुग्न सक्छन् भनेर प्रमाणीत गरिदिएका छन्। उनको जीवन कर्णाली क्षेत्रको मात्र होइन, समग्र देशका लागि प्रेरणाको कथा बनेको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया