Nepal Life

जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, रुकुम पश्चिममा ३६ जनाको मृत्यु ५३ जना घाइते

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 06:46
जाजरकोटमा  ६.४ म्याग्निच्युडको भूकम्प, रुकुम पश्चिममा ३६ जनाको मृत्यु ५३ जना घाइते
Sanima Reliance

काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । 

NIMB

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा छ जना, वडा नम्बर १२ मा तीन जना, वडा नम्बर १३ मा सात जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो । त्यस्तै, सानी भेरी गाउँपालिका वडा १ मा चार जना, वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रवार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँड केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया