Nepal Life

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो, सग्ला घर देख्नै मुस्किल

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 07:11
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो, सग्ला घर देख्नै  मुस्किल
Sanima Reliance

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ । 

NIMB

जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी रहेको छ । 

यसैगरी, रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार भुकम्पले घरहरुमा व्यापक क्षति पुगेको छ । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा-वडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नु परेको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘तर सग्ला घरहरु देख्न मुस्किल छ ।’ अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया