Nepal Life

१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 07:25
१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
Sanima Reliance

काठमाडौं । जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा गएका छन् । 

NIMB

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ गएका हुन् ।  

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन् ।  

यसैगरी, उनले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री  जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया