Nepal Life

भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 07:32
भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु
Sanima Reliance

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । 

NIMB

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजेदेखि चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थिए । सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएका छन् । मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया