NIMB Header 2
Nepal Life

नेक्सजेन म्यानेजमेन्ट र बैदिक इन्भेस्टमेन्टले आईपीओ निष्कासन गर्न सेबोनमा दियो आवेदन

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 10 13:15
नेक्सजेन म्यानेजमेन्ट र बैदिक इन्भेस्टमेन्टले आईपीओ निष्कासन गर्न सेबोनमा दियो आवेदन
United Ajod

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेड र बैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा थपिएको छ।

Nepal Life
NIMB

नेक्सजेन म्यानेजमेन्टको १२ लाख ५० हजार कित्ता आईपीओ

नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सेबोनमा पेश गरेको छ। प्रस्तावित आईपीओबाट कम्पनीले १२ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउनेछ।

यस आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। सेबोनबाट प्रस्ताव स्वीकृत भएपछि मात्रै कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्न सक्नेछ।

केयर रेटिङ्स नेपाल लिमिटेडले नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सलाई ‘CARE-NP BB’ इश्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न नसक्ने जोखिम मध्यम रहेको संकेत गर्छ।

सन् २०१८ मा औद्योगिक, व्यावसायिक, बैंकिङ तथा बीमा क्षेत्रका पेशेवरहरूको पहलमा स्थापना भएको नेक्सजेन सुरुमा एसेट रिकन्स्ट्रक्सन कम्पनीका रूपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको थियो। नेपालको बैंकिङ क्षेत्रमा बढ्दो गैरनिष्क्रिय कर्जा (एनपीएल) व्यवस्थापन गर्ने उद्देश्य भए पनि यससम्बन्धी स्पष्ट कानुनी व्यवस्था र नियामकीय अनिश्चितताका कारण कम्पनीले हालसम्म पूर्ण रूपमा एसेट रिकन्स्ट्रक्सन गतिविधि अघि बढाउन सकेको छैन।

हाल कम्पनीले लगानी तथा कर्पोरेट एडभाइजरी सेवामा केन्द्रित भएर काम गरिरहेको छ। भविष्यमा एसेट रिकन्स्ट्रक्सनसम्बन्धी गतिविधि सञ्चालन गर्न छुट्टै सहायक कम्पनी स्थापना गर्ने योजना कम्पनीको छ।

बैदिक इन्भेस्टमेन्टको २८ लाख ३५ हजार कित्ता आईपीओ

त्यस्तै, बैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सेबोनमा पेश गरेको छ। प्रस्तावित आईपीओबाट कम्पनीले २८ करोड ३५ लाख रुपैयाँ जुटाउनेछ।

यस निष्कासनको बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न सक्नेछ।

केयर रेटिङ्स नेपालले बैदिक इन्भेस्टमेन्ट कम्पनीलाई पनि ‘CARE-NP BB’ इश्युअर रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न नसक्ने जोखिम मध्यम रहेको जनाउँछ।

बैदिक इन्भेस्टमेन्ट कम्पनी सन् २०११ मा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको थियो। कम्पनी अप्रिल २०२६ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।

कम्पनी मुख्यतः जलविद्युत् क्षेत्रका परियोजनामा लगानी गर्ने व्यवसायमा केन्द्रित छ। सन् २०२६ मार्च ११ सम्म कम्पनीको शेयर पुँजी ८३ करोड रुपैयाँ रहेको रेटिङ विवरणमा उल्लेख छ।

यी दुवै कम्पनीका आईपीओ प्रस्ताव हाल सेबोनको पाइपलाइनमा रहेकाले नियामकीय स्वीकृति प्राप्त भएपछि मात्रै निष्कासन प्रक्रिया अघि बढ्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया