NIMB Header 2
Prabhu Mahalaxmi

ग्यास अभावप्रति आशिका तामाङको प्रश्न– ‘मन्त्री फेरिरहँदा ग्यासभन्दा मन्त्रीको लाइन लामो हुन्छ’

United Ajod
  • BFIS News
  • 2026 Sep 11 14:57
ग्यास अभावप्रति आशिका तामाङको प्रश्न– ‘मन्त्री फेरिरहँदा ग्यासभन्दा मन्त्रीको लाइन लामो हुन्छ’
Sanima Reliance Life Insurance Company

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले मुलुकमा ग्यासको अभाव रहेको अवस्थामा समस्या समाधान गर्न सरकार स्पष्ट रूपमा अघि बढ्नुपर्ने बताएकी छन्।

Nepal Life
NIMB

उनले ग्यास आपूर्तिको समस्या समाधान नगरी मन्त्री परिवर्तन मात्रै गर्दै जाने प्रवृत्तिमाथि प्रश्न उठाएकी हुन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यास उपलब्ध गराउन नसक्ने अवस्था भए सरकारले त्यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने धारणा राखिन्।

उनले ग्यासको अभाव कायम रहे सरकारले नागरिकलाई वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्थाबारे समेत स्पष्ट घोषणा गर्नुपर्ने बताइन्। ग्यास आपूर्तिको समस्याकै कारण पटक–पटक मन्त्री परिवर्तन गरिँदै जाने हो भने ग्यासको अभावभन्दा मन्त्री परिवर्तनको क्रम नै ठूलो देखिने उनको टिप्पणी थियो।

तामाङले ग्यासको उपलब्धता सुनिश्चित गर्न नसक्ने हो भने सरकारले जनतालाई दाउराको प्रयोग गरेर खाना पकाउनुपर्ने अवस्थाबारे समेत स्पष्ट रूपमा जानकारी गराउनुपर्ने बताइन्।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार