NIMB Header 2
Nepal Life

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न जेनजी मुभमेन्टको माग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 11 15:12
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न जेनजी मुभमेन्टको माग
United Ajod

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि उठेका आरोपबारे तत्काल अनुसन्धान अघि बढाउन र अनुसन्धान निष्पक्ष बनाउन उनलाई सरकारी जिम्मेवारीबाट अलग गर्न माग गरेको छ।

Nepal Life
NIMB

मुभमेन्टका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा बेनमाथि कल बाइपासजस्ता आपराधिक गतिविधिमा संलग्नता तथा विदेशी जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्क रहेको आरोप सार्वजनिक भएको भन्दै यस विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।

मुभमेन्टले गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा कायम राख्दा अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने जनाएको छ। पद र राजनीतिक पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ।

वक्तव्यमा बेनलाई राज्यमन्त्रीसरह सुविधा दिइएको तर उनको शैक्षिक योग्यता एसएलसीसम्म रहेको दाबी गर्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिका लागि आवश्यक योग्यता र मापदण्डबारे समेत प्रश्न उठाइएको छ।

त्यसैगरी, सत्तारूढ दलकै एक सांसदले सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबारभन्दा ज्वागलतर्फ केन्द्रित भएको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले संवेदनशील रूपमा उठाएको छ।

बेनमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप जोडिएकाले त्यसलाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने मुभमेन्टको भनाइ छ। प्रधानमन्त्रीले संसदमा सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताको विषय उठाउँदै आए पनि आफ्नै प्रमुख सल्लाहकारमाथि विदेशी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्दा मौन बस्नुले सरकारको भूमिकामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको वक्तव्यमा उल्लेख छ।

अनुसन्धान प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बेनलाई तत्काल सरकारी जिम्मेवारीबाट हटाउनुपर्ने माग पनि गरिएको छ। राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच पुष्टि भए प्रचलित कानुनअनुसार, देशद्रोहलगायत कसुरमा समेत कारबाही अघि बढाउनुपर्ने मुभमेन्टले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया