सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने
- BFIS News
- 2026 Sep 18 12:43
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नागरिकको जीवन तथा आर्थिक सुरक्षालाई लक्षित गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ बजारमा ल्याएको हो।
असोज १ गते आयोजित ‘प्रडक्ट इनअगुरेसन’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिलाई लक्षित गरी कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो। विशेषगरी युवा अवस्थामा रहेका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै उनीहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य रहेको छ।
न्यून लागतमा उच्च बीमाङ्कको सुविधा
‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार जतिसुकै रकमसम्मको बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ।
बीमा शुल्क भुक्तानीमा पनि बीमितलाई सहजता प्रदान गरिएको छ। बीमितले आफ्नो सुविधाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्।
योजनाअन्तर्गत बीमितको निधन भएमा बीमाङ्क रकमको शतप्रतिशत अर्थात् १०० प्रतिशत रकम दाबीबापत भुक्तानी गरिनेछ। यसले परिवारका मुख्य आम्दानीकर्ताको निधनबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम व्यवस्थापनमा सहयोग पुग्ने कम्पनीको भनाइ छ।
त्यस्तै, योजनामा ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समावेश गरिएको छ।
शाखादेखि डिजिटल माध्यमसम्म खरिद सुविधा
कम्पनीले नयाँ बीमा योजना आफ्ना सबै शाखा कार्यालयबाट उपलब्ध गराउने जनाएको छ। साथै, डिजिटल माध्यमबाट समेत योजना खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकले कम्पनीको वेबसाइट तथा Sun Connect मार्फत पनि ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ खरिद गर्न सक्नेछन्। यसले बीमा सेवामा डिजिटल पहुँच विस्तार गर्दै ग्राहकलाई घरबाटै बीमा सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ।
१३६ शाखा तथा उपशाखाबाट सेवा
सन् २०७४ असार ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ISO 27001:2022 प्रमाणित सन नेपाल लाइफ डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीका रूपमा स्थापित छ। हाल कम्पनीले ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा र उपशाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।
दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगका कारण उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको जनाएको छ। नयाँ योजनामार्फत यही उद्देश्यलाई थप विस्तार गर्दै जीवन बीमाको पहुँच तथा आर्थिक सुरक्षालाई सुदृढ बनाउने कम्पनीको लक्ष्य छ।
.jpeg)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpeg)




प्रतिक्रिया