NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंकद्वारा देशभरका गैर बैंकिङ्ग सम्पत्ति (जग्गा) बिक्रीमा, २१ दिनभित्र बोलपत्र आह्वान

United Ajod
  • BFIS News
  • 2026 Sep 16 05:52
मुक्तिनाथ विकास बैंकद्वारा देशभरका गैर बैंकिङ्ग सम्पत्ति (जग्गा) बिक्रीमा, २१ दिनभित्र बोलपत्र आह्वान
IME LIFE

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति (घर/जग्गा) गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ। 

Nepal Life
NIMB

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै देशका विभिन्न प्रदेशमा रहेका आकर्षक जग्गाहरू लिलाम बिक्री गर्न लागेको जनाएको हो।

बैंकको प्रकाशित सूचना अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशका विभिन्न जिल्लामा रहेका जग्गाहरू बिक्रीमा राखिएका छन्। 

घर-जग्गा व्यवसायमा लगानी गर्न चाहको मूल्यमा जग्गा खरिद गर्न खोजिरहेका सर्वसाधारण तथा लगानीकर्ताहरूका लागि यो एक राम्रो अवसर हुन सक्नेछ।

कसरी दिने आवेदन?

इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आफूले खरिद गर्न चाहेको रकम उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ। 

बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय (लाजिम्पाट) तथा तोकिएका शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

बोलपत्र पेश गर्दा आफूले कबोल गरेको कुल रकमको १० प्रतिशत बराबरको धरौटी (Earnest Money) बैंकको खातामा जम्मा गरेको भौचर वा गुड फर पेमेन्ट चेक संलग्न गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। 

रित नपुगी वा म्याद नाघि आएका बोलपत्र उपर कुनै कारबाही नहुने बैंकले प्रष्ट पारेको छ।

विस्तृत विवरण र जग्गाको क्षेत्रफलसम्बन्धी जानकारी बैंकको आधिकारिक वेबसाइट वा प्रकाशित सूचनामा हेर्न सकिनेछ।

यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया