उत्पादन तथा प्रशोधन समूहमा आकर्षण, नेप्से ११.७७ अंक बढ्यो
- BFIS News
- 2026 Sep 24 15:52
काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेको छ। बजार बढेसँगै नेप्से परिसूचक २ हजार ६२९ अंकमा कायम भएको छ।
बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। कारोबार भएका कम्पनीमध्ये १७६ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।
समूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको सूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ। नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टलगायत कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले समूहगत सूचक उकास्न योगदान गरेको छ।
निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहगत सूचक बढेका छन्। निर्जीवन बीमा समूहको सूचक ०.३३ प्रतिशत घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन्।
आज नेपाल ल्युब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ। त्यस्तै, सोनापुर मिनरल्स ७.६५, घोराही सिमेन्ट ७.०७, सीवाईसी लघुवित्त ६.४७, उन्नति सहकार्य लघुवित्त ४.६७, पाल्पा सिमेन्ट ३.६० र त्रिशूली जलविद्युतको सेयर मूल्य ३.०४ प्रतिशतले बढेको छ।
यता मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.५८ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्तको १०.९८ र हाथवे इन्भेस्टमेन्टको ३.४३ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। त्यसपछि हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स, नबिल बैंकको प्रमोटर सेयर तथा लक्ष्मी सनराइज बैंक रहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)




प्रतिक्रिया