NIMB Header 2
Prabhu Mahalaxmi

१,००० रुपैयाँको नयाँ नोटमा गभर्नर पौडेलको पहिलो हस्ताक्षर

United Ajod
  • BFIS News
  • 2026 Sep 24 05:31
१,००० रुपैयाँको नयाँ नोटमा गभर्नर पौडेलको पहिलो हस्ताक्षर
IME LIFE

काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ १ हजार दरको नयाँ बैंकनोट प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले २०८३ असोज ७ गते सार्वजनिक गरेको सूचनाअनुसार नयाँ नोटमा साविकको डिजाइन तथा आकारमा सामान्य परिवर्तन गरिएको छ।

Nepal Life
NIMB

 

नयाँ १ हजार रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको पहिलो हस्ताक्षर रहने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको नमुनामा गभर्नर पौडेलको दस्तखत राखिएको उल्लेख छ।

नयाँ नोटमा साविककै नोटमा रहेको सुरक्षण विशेषतासँगै थप केही विशेषता समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ। नोटको अगाडिको भागमा सगरमाथाको चित्र तथा पानीछापमा सगरमाथा र पन्छीको आकृति रहनेछ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट पहिचान गर्न सक्ने गरी नोटमा विशेष संकेतसमेत राखिएको छ।

नोटको अगाडिको भागमा ‘NEPAL RASTRA BANK’, नोटको पछाडिको भागमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने एकसिङ्गे गैँडा तथा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। त्यस्तै, नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने पछाडिको भागमा ‘2025 A.D.’ लेखिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा नोटको बीच भागमा रहेको ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानी प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ।’ भन्ने प्रतिबद्धात्मक वाक्यसमेत रहनेछ।

यसअघि प्रचलनमा रहेको १ हजार रुपैयाँको नोटसँगै नयाँ नोट पनि चलनचल्तीमा ल्याइनेछ। राष्ट्र बैंकले नयाँ नोट जारी गरे पनि पुरानो नोटको प्रचलनलाई तत्काल विस्थापित गर्ने व्यवस्था गरेको छैन।

नयाँ नोटका मुख्य विशेषता :

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको पहिलो हस्ताक्षर।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र।

पानीछापमा सगरमाथा र पन्छीको आकृति।

दृष्टिविहीनका लागि पहिचान गर्न मिल्ने विशेष संकेत।

अगाडिको भागमा ‘NEPAL RASTRA BANK’ र पछाडिको भागमा चितवनको एकसिङ्गे गैँडाको चित्र।

नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’।

पछाडिको भागमा ‘2025 A.D.’ उल्लेख।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया