Siddartha Bank
Prabhu Mahalaxmi

एनएमबि बैंकलाई भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 24 15:49
एनएमबि बैंकलाई भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड
United Ajod

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल भुक्तानी तथा ग्राहककेन्द्रित बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै ‘भिजा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

बैंकले ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ (Excellence in Product Innovation) र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ (Excellence in Consumer Debit Cards Business – Principal Client) अवार्ड प्राप्त गरेको हो।

बैंकले डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको प्रयोग, उत्पादन तथा सेवामा नवप्रवर्तन र ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउन गरेको प्रयासको कदरस्वरूप यी अवार्ड प्राप्त गरेको जनाएको छ।

एनएमबि बैंकले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल बैंकिङ सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ। बैंकले आफ्ना डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको छ।

प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको प्राथमिकता रहेको छ। ग्राहकहरूको विश्वास र साथबाट प्राप्त यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया