NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा ८० प्रतिशतसम्म कर्जा

United Ajod
  • BFIS News
  • 2026 Sep 24 15:59
मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा ८० प्रतिशतसम्म कर्जा
IME LIFE

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रा.लि.बीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

Nepal Life
NIMB

सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकले खरिद गरिने बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ। यसबाट निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुन सक्नेछ। यस्तो कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध गराउने व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सहकार्यले उत्पादनशील क्षेत्रमा कर्जा विस्तारसँगै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक उपकरण खरिदका लागि वित्तीय स्रोत व्यवस्थापनमा सहयोग पुग्नेछ।

मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) लगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया