डिप्रोक्स लघुवित्त र एससिटी बीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता
- BFIS News
- 2026 Sep 29 20:51
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र SCT-SmartChoice Technologies Limited बीच डिजिटल भुक्तानी इकोसिस्टममा आबद्धताका लागि द्विपक्षीय सम्झौता भएको छ।
सम्झौतासँगै डिप्रोक्स लघुवित्त SCT को SmartPay Network मा आबद्ध भएको छ। यससँगै डिप्रोक्स लघुवित्तका ग्राहकले SmartPay IBFT मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।
SCT-SmartChoice Technologies Limited ले विकास तथा सञ्चालन गर्दै आएको SmartPay IBFT सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण सहज बनाउने अन्तरबैंक रकमान्तर प्रणाली हो। कम्पनीका अनुसार, यस सेवाले विभिन्न वित्तीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउँदै आएको छ।
यसैबीच, नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त SCT ले नेपालमा घरेलु कार्डका रूपमा ‘SCT Card’ सुरुवात गर्ने पहिलो संस्था भएको जनाएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स कम्पनी र सहकारी संस्थासहितको नेटवर्कमार्फत SCT UnionPay, Visa, Mastercard, NepalPay, Discover तथा RuPay कार्ड जारी तथा स्वीकार गर्ने नेटवर्क सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, SCT ले एटीएम, प्वाइन्ट अफ सेल (POS), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्म, SmartQR र रकमान्तर सेवामार्फत डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। डिप्रोक्स लघुवित्तको SmartPay Network मा आबद्धताले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरणको सुविधा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpeg)





प्रतिक्रिया