NIMB Header 2
Prabhu Mahalaxmi

ग्लोबल आइएमई लघुवित्तले प्रस्ताव गर्‍यो ९.५ प्रतिशत लाभांश

United Ajod
  • BFIS News
  • 2026 Sep 29 11:07
ग्लोबल आइएमई लघुवित्तले प्रस्ताव गर्‍यो ९.५ प्रतिशत लाभांश
IME LIFE

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Nepal Life
NIMB

असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको २३०औँ बैठकले हाल कायम चुक्ता पूँजी ६४ करोड ८२ लाख रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ। यसको मूल्य ३ करोड ८८ लाख रुपैयाँ बराबर हुन्छ। यस्तै, ३.५ प्रतिशत नगद लाभांश, कर प्रयोजनसहित, वितरण गर्ने प्रस्ताव गरिएको छ। नगद लाभांशको रकम करिब २ करोड २६ लाख रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

लाभांश प्रस्तावसँगै संस्थाले चुक्ता पूँजीको केही हिस्सा बोनस शेयरमार्फत वृद्धि गर्ने भएको छ भने नगद लाभांशबाट शेयरधनीलाई प्रतिफल दिने व्यवस्था गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया