घातक रोगअन्तर्गत मृगौला प्रत्यारोपणका लागि रिलायबल नेपाल लाइफले गर्यो ३ लाख दाबी भुक्तानी
- BFIS News
- 2026 Oct 03 15:10
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको मेलम्ची शाखाले घातक रोगअन्तर्गत मृगौला प्रत्यारोपणको दाबीबापत बीमित सुनिता तामाङलाई ३ लाख रुपैयाँ भुक्तानी गरेको छ।
पाँच पोखरी थाङ्पाल गाउँपालिका–३, भोताङ निवासी तामाङलाई बीमा योजनाअन्तर्गत गम्भीर स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि उक्त रकम दाबी भुक्तानी गरिएको हो। कम्पनीका अनुसार दाबी रकमले उपचारका क्रममा आवश्यक आर्थिक सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दाबी भुक्तानी कार्यक्रममा मेलम्ची शाखाका शाखा प्रबन्धक लक्ष्मण बिष्ट र MDRT वाङ्दि लामाको उपस्थितिमा बीमितलाई चेक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शाखा प्रबन्धक बिष्टले जीवन बीमा भविष्यको आर्थिक सुरक्षासँगै कठिन परिस्थितिमा बीमित तथा परिवारलाई आर्थिक राहत उपलब्ध गराउने माध्यम भएको बताए। समयमै दाबी भुक्तानी हुँदा उपचार खर्च व्यवस्थापन तथा पारिवारिक आर्थिक दायित्व पूरा गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
बीमित तामाङले आफूले छोराको ३ लाख रुपैयाँको जीवन बीमा गराएको र आफूलाई स्वास्थ्य समस्या पर्दा सोही बीमा योजनाबाट दाबी रकम प्राप्त भएकोमा खुसी व्यक्त गरिन्। बीमाबाट प्राप्त रकमले उपचारका क्रममा आर्थिक सहयोग पुगेको उनले बताइन्।
रिलायबल नेपाल लाइफले विभिन्न बीमा योजनामार्फत बीमितलाई स्वास्थ्य तथा अन्य जोखिमबाट उत्पन्न आर्थिक भार व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले दाबी भुक्तानी गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया