मध्यपूर्वबाट केन्द्रीय सदस्यमा पुरुषोत्तम खनालको उम्मेदवारी
- BFIS News
- 2026 Oct 04 11:55
काठमाडौं । नेपाली कांग्रेसको मध्यपूर्व क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा जनसम्पर्क समिति साउदी अरबका संस्थापक पुरुषोत्तम खनालले उम्मेदवारी दिने घोषणा गरेका छन्।
साउदी अरबमा नेपाली कांग्रेसको जनसम्पर्क समिति स्थापना गर्न भूमिका खेलेका खनाल यसअघि महासमिति सदस्यसमेत रहिसकेका छन्। हाल उनी जनसम्पर्क समिति साउदी अरबका प्रमुख संरक्षक छन्। उनी कांग्रेस महामन्त्री प्रदीप पौडेलनिकट मानिन्छन्।
नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय खनालले मध्यपूर्वका विभिन्न देशमा नेपाली कांग्रेसका जनसम्पर्क गतिविधि विस्तारमा भूमिका निर्वाह गर्दै आएका छन्। स्वदेश तथा विदेशमा पार्टी संगठनका गतिविधिमा समेत उनी सक्रिय रहँदै आएका छन्।
विगतका निर्वाचनमा कांग्रेसका उम्मेदवारका पक्षमा देश तथा विदेशमा राजनीतिक माहोल निर्माण गर्न पनि खनालले भूमिका खेलेको बताइएको छ।
मध्यपूर्व क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारीको आकांक्षा अघि सारेका खनालले जनसम्पर्क समितिहरूका गतिविधिलाई थप सक्रिय बनाउँदै पार्टी संगठनलाई बलियो बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
“बदलिएको परिस्थितिमा नेपाली कांग्रेससामु चुनौती थपिएको छ। यस्तो अवस्थामा बलियो सम्भावना बोकेको मध्यपूर्वमा संगठनलाई बलियो बनाउन मेरो भूमिका हुनेछ,” खनालले भने।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया