NIMB Header 2
Prabhu Mahalaxmi

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनर्नियुक्त, बीमा क्षेत्रमा ३७ वर्षको अनुभव

United Ajod
  • BFIS News
  • 2026 Oct 05 11:08
एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनर्नियुक्त, बीमा क्षेत्रमा ३७ वर्षको अनुभव
IME LIFE

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनर्नियुक्त भएका छन्।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको २०८३ असोज १६ गते बसेको ४२१औं बैठकले पन्तलाई आगामी चार वर्षका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो। उनको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहनेछ।

पन्त करिब डेढ वर्षदेखि एनएलजी इन्स्योरेन्समै कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। यसअघि उनी २०७५ असोजमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए। त्यसयता करिब आठ वर्ष नेतृत्व तहमा रहेका पन्तले बीमा क्षेत्रमा भने ३७ वर्षको अनुभव हासिल गरेका छन्।

सीईओ बन्नुअघि नै करिब २९ वर्ष बीमा क्षेत्रमा काम गरिसकेका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै एनएलजी इन्स्योरेन्सको नेतृत्वमा पुगेका हुन्।

बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार पन्तले अब थप एक कार्यकाल सीईओका रूपमा काम गर्न पाउने भएका हुन्। ऐनले विगतको कार्यकाललाई गणना नगर्ने व्यवस्था गरेकाले यसपछिको अवधिलाई आधार मानेर उनले थप कार्यकालका लागि पुनर्नियुक्ति पाएका हुन्।

लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रहेका पन्तको अनुभवलाई निरन्तरता दिँदै कम्पनीले उनलाई नै पुनः नेतृत्वको जिम्मेवारी दिएको हो। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार उनको नयाँ कार्यकाल आगामी असोज २४ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया