NIMB Header 2
Prabhu Mahalaxmi

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको बागमती प्रदेशद्धारा बाढी प्रभावित २० अभिकर्तालाई राहात वितरण

United Ajod
  • BFIS News
  • 2026 Oct 05 12:55
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको बागमती प्रदेशद्धारा बाढी प्रभावित २० अभिकर्तालाई राहात वितरण
IME LIFE

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको बागमति प्रदेश समितिले भोटेकोशी बाढीमा प्रभावित ३ जना मृतक अभिकर्ता र पिडित १७ जना अभिकर्ताको परिवारलाई राहात रकम उपलब्ध गराएको छ। 

Nepal Life
NIMB

गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट नेपाल लाइफसँग आबद्ध १७ जना अभिकर्ता परिवारले घरबारसहित जनधनको क्षति व्यहोरेका थिए। सो विपद्मा तीन जनाको मृत्यु भएको थियो।

प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा राहत उपलब्ध गराउने उद्देश्यले संघले बागमती प्रदेशका अभिकर्ताबाट रकम संकलन गरेको थियो। संकलित रकमबाट क्षति व्यहोरेका १७ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले कुल १ लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको छ।

त्यस्तै, बाढीपहिरोमा मृत्यु भएका तीन जनाका परिवारलाई थप १५ हजार रुपैयाँका दरले ४५ हजार रुपैयाँ प्रदान गरिएको छ। राहत रकम चेकमार्फत सम्बन्धित परिवारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको हो।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका बरिष्ठ उपाध्यक्ष बद्रीनाथ ढकाल, सचिव तेजमणि शर्मा तिमल्सिना, सल्लाहकार गोगन बहादुर पराजुली, बागमति प्रदेश समिति अध्यक्ष बिक्रम भेले लगायतका अभिकर्ताहरुको सहभागितामा राहत वितरण गरिएको थियो।

यसअघि पनि संघले अभिकर्ताबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो। यसपटक भने प्रभावित अभिकर्ता परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्यक्ष रूपमा राहत उपलब्ध गराइएको संघले जनाएको छ।

शनिबार, असोज १७ गते नुवाकोट शाखा समितिको समन्वयमा आयोजित राहत तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रभावित परिवारलाई चेक हस्तान्तरणसँगै अभिकर्ताहरूलाई आजीवन सदस्यताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो। संघले विपद्को समयमा अभिकर्ता तथा उनीहरूका परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरेको हो। 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया