नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच एनपीएल प्रसारणका लागि सहकार्य
- BFIS News
- 2026 Oct 01 20:40
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Powered By’ ब्रोडकास्टिङ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको छ।
सम्झौता एक समारोहबीच सम्पन्न भएको हो। यो सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित रहेको कम्पनीले जनाएको छ। यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।
नेपालमा क्रिकेट खेलको दायराभन्दा बाहिर गएर साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा स्थापित हुँदै गएको नेपाल लाइफले जनाएको छ। विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै खेल र उत्साहमा जोड्ने क्रिकेटको प्रभावलाई ध्यानमा राख्दै कम्पनीले एनपीएलको प्रसारणमा सहकार्य गरेको हो।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एनपीएलको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए।
उनका अनुसार खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलजस्तो लोकप्रिय प्रतियोगितासँगको सहकार्यलाई कम्पनीले महत्व दिएको छ।
“नेपाल लाइफ सधैँ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको छ। खेलकुदले मानिसहरूलाई नजिक ल्याउँछ, साझा खुसी सिर्जना गर्छ र एकताको भावना बलियो बनाउँछ। त्यसैले एनपीएल जस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु हाम्रो लागि विशेष महत्वको विषय हो,” उनले भने।
पराजुलीले सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग गर्ने कम्पनीको प्रतिबद्धताको हिस्साका रूपमा लिएको बताए। हिमालय स्पोर्ट्स एचडीमार्फत एनपीएल हेर्ने ठूलो दर्शक समुदायसम्म पुग्ने र जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास तथा जिम्मेवार तयारीको महत्वबारे सन्देश पुर्याउने उद्देश्य रहेको उनले बताए।
एनपीएलका खेलका क्रममा मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भए पनि टेलिभिजन प्रसारणले देशभरका दर्शकलाई एउटै खेल र उत्साहमा जोड्ने कम्पनीको भनाइ छ। खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने नेपाल लाइफले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया