NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट

United Ajod
  • BFIS News
  • 2026 Oct 05 20:26
सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट
IME LIFE

काठमाडौं, असोज १९ । सिद्धार्थ बैंकका ग्राहकले महाराजगञ्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

Nepal Life
NIMB

बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर, महाराजगञ्ज, काठमाडौंमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार उक्त सम्झौताले ग्राहकलाई स्वास्थ्य सेवामा छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ जान पनि प्रोत्साहित गर्नेछ।

यस सम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा उपलब्ध विभिन्न माध्यममार्फत सम्पर्क गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया