बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा कात्तिक २० गते, बुक क्लोज कात्तिक १० गते
- BFIS News
- 2026 Oct 09 11:02
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी कात्तिक २० गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले काठमाडौंको पानीपोखरीस्थित वाल्नट बिस्ट्रोमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने जनाएको छ।
साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यसका अतिरिक्त सञ्चालक समितिको नियुक्तिलाई अनुमोदन गर्ने तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार बुक क्लोज हुनुअघिसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया