Siddartha Bank
Prabhu Mahalaxmi

मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश पारित गर्न पुस ४ गते साधारण सभा बोलायो

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 10:40
मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश पारित गर्न पुस ४ गते साधारण सभा बोलायो
United Ajod

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ११ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न २१औँ वार्षिक साधारण सभा बोलाएको छ।

Siddartha Bank
EBL
Nepal Life

बैंकले पुस ४ गते शनिबार सुनसरी उद्योग वाणिज्य संघ, धरानमा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसअनुसार शेयरधनीले कुल ११ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक शेयरधनीको तर्फबाट तीन जना सञ्चालक निर्वाचित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया