प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा १०० प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने
- BFIS News
- 2026 Nov 25 19:16
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सुचारु गर्ने बीमितलाई यस्तो छुट दिने जनाएको छ।
कम्पनीका अनुसार बीमा प्रारम्भ मितिदेखि दुई वर्षभित्र व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, दुई वर्षदेखि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधि व्यतित भएका बीमालेखमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ।
यो सुविधा समुन्नति जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमाबाहेक कम्पनीका अन्य योग्य बीमालेखमा लागू हुनेछ। यसअन्तर्गत सावधिक, फिर्ता हुने, आजीवन, बालबच्चा, म्यादी, सामूहिक सावधिक, समृद्ध जीवन, जीवन किरण, सुपर सुरक्षित तथा वैभव जीवन बीमालगायतका योजना छन्।
कम्पनीले छुट सुविधामा सहभागी भई पुनर्जागरण गरिएका बीमालेख दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने जनाएको छ। यसअघि विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने यस योजनामा समावेश गरिने छैन।
त्यस्तै, यस छुट योजनामा सहभागी भई सुविधा लिएका बीमितले सम्बन्धित बीमालेखको पूरा अवधिभर पुनः ब्याज छुट सुविधा प्राप्त गर्न पाउने छैनन्। बीमालेख पुनर्जागरण गर्दा कम्पनीले तोकेको अनिवार्य अन्डरराइटिङ प्रक्रिया पनि पूरा गर्नुपर्नेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जरपछि एकीकृत रूपमा सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो। कम्पनीले विभिन्न जीवन बीमा योजनासँगै घातक रोग, प्रिमियम छुट, स्थायी पूर्ण अशक्तता तथा दुर्घटना लाभलगायतका अतिरिक्त सुरक्षा सुविधा पनि प्रदान गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया