NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

United Ajod
  • BFIS News
  • 2026 Oct 13 10:57
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
IME LIFE

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Nepal Life
NIMB

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार २०० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज घटेर २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया