सेबोनको आईपीओ पाइपलाइनमा थपिए पाँच कम्पनी, १ अर्ब ९० करोड रुपैयाँको सेयर निष्कासन प्रस्ताव
- BFIS News
- 2026 Oct 13 20:47
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा थप ५ वटा कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन्। होटल सिराइचुली लिमिटेड, साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड र मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले कुल १ करोड ९० लाख ११ हजार ४२६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्। यी कम्पनीले कुल १ अर्ब ९० करोड ११ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
आईपीओ निष्कासनको अनुमति माग्ने पाँच कम्पनीमध्ये चारवटा जलविद्युत् क्षेत्रका छन् भने एउटा होटल तथा पर्यटन क्षेत्रको कम्पनी हो। सबै कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि प्रस्तावित सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछन्।
पाइपलाइनमा रहेका कम्पनीमध्ये मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ। कम्पनीले ९२ लाख ४१ हजार ४२६ कित्ता सेयर निष्कासन गरी ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ।
त्यस्तै, पिस इनर्जी कम्पनी लिमिटेडले ३२ लाख कित्ता सेयर निष्कासन गरी ३२ करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले ३१ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले कम्पनीले ३१ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ। यसको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले १९ लाख ७० हजार कित्ता सेयर निष्कासन गरी १९ करोड ७० लाख रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ।
होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै होटल सिराइचुली लिमिटेड पनि आईपीओ पाइपलाइनमा थपिएको छ। कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर निष्कासन गरी १५ करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सक्नेछन्। प्रस्तावित निष्कासन पूरा भएमा जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका पाँच कम्पनीले पुँजी बजारमार्फत कुल १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउनेछन्।
सेबोनको आईपीओ पाइपलाइनमा रहेका कम्पनीहरूको विवरण
| क्र.सं. | कम्पनीको नाम | सेयर संख्या | निष्कासन रकम (रु.) | निष्कासन तथा बिक्री प्रबन्धक |
|---|---|---|---|---|
| १ | होटल सिराइचुली लिमिटेड | १५,००,००० | १५,००,००,००० | नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड |
| २ | साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड | ३१,००,००० | ३१,००,००,००० | एनआईएमबी एस क्यापिटल लिमिटेड |
| ३ | पिस इनर्जी कम्पनी लिमिटेड | ३२,००,००० | ३२,००,००,००० | माछापुच्छ्रे क्यापिटल लिमिटेड |
| ४ | युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड | १९,७०,००० | १९,७०,००,००० | लक्ष्मी सनराइज क्यापिटल लिमिटेड |
| ५ | मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेड | ९२,४१,४२६ | ९२,४१,४२,६०० | लक्ष्मी सनराइज क्यापिटल लिमिटेड |
| कुल | १,९०,११,४२६ | १,९०,११,४२,६०० |
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया