NIMB Header 2
Prabhu Mahalaxmi

बिन्दवासिनी हाइड्रोपावरको साधारणसभा कात्तिक १८ गते, ५ प्रतिशत बोनस र १ः१ हकप्रद सेयर प्रस्ताव

United Ajod
  • BFIS News
  • 2026 Oct 14 10:53
बिन्दवासिनी हाइड्रोपावरको साधारणसभा कात्तिक १८ गते, ५ प्रतिशत बोनस र १ः१ हकप्रद सेयर प्रस्ताव
IME LIFE

काठमाडौं। बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक १८ गते १०औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभामा गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुँदैछ।

Nepal Life
NIMB

कम्पनीको साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ९ः३० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदनका लागि प्रस्तुत गर्नेछ।

यसका अतिरिक्त, कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने तथा विविध विषयमा पनि छलफल हुनेछ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले कात्तिक ९ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया