सानिमा रिलायन्स लाइफद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
- BFIS News
- 2026 Oct 14 12:29
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो। उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा र साँखु उपशाखा प्रमुख रोजिना मानन्धरसहित कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा आवश्यक सामग्रीको उपलब्धता सहज बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया