सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘एनपीएल क्रिकेट च्यालेन्ज’, रन र विकेटमा लोयल्टी पोइन्ट
- BFIS News
- 2026 Oct 17 06:04
काठमाडौं, असोज ३१ — सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलमार्फत लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो।
बैंकको मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन्। गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिने व्यवस्था गरिएको छ।
यस गेमअन्तर्गत ब्याटिङमा बनाएको प्रत्येक रनबापत एक र बलिङमा लिएको प्रत्येक विकेटबापत छ सिद्धार्थ लोयल्टी पोइन्ट प्राप्त हुनेछ। यसरी प्रयोगकर्ताले गेम खेल्दै पोइन्ट संकलन गर्न सक्नेछन्।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आफूले आर्जन गरेका पोइन्ट ‘सिद्धार्थ रिवाड्र्स’ प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन्। तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ।
यस पहलमार्फत बैंकले ग्राहकको डिजिटल सहभागिता बढाउनुका साथै मोबाइल बैंकिङ अनुभवलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाउने लक्ष्य राखेको छ। एनपीएलसँगको सहकार्यलाई डिजिटल माध्यममा विस्तार गर्दै बैंकले क्रिकेटप्रेमीलाई खेल र बैंकिङ सेवासँग जोड्ने प्रयास गरेको हो।
यस कार्यक्रमसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया