Siddartha Bank
Prabhu Mahalaxmi

सुनको भाउ तोलामा ३ हजार बढ्यो, चाँदी पनि उकालोमा

United Ajod
  • BFIS News
  • 2026 Oct 26 11:40
सुनको भाउ तोलामा ३ हजार बढ्यो, चाँदी पनि उकालोमा
Sanima Reliance Life Insurance Company

काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सोमबार सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा सोमबार सुनको मूल्य १.०८ प्रतिशतले बढेको हो। चाँदीको मूल्य पनि आइतबारको ३ हजार ९५५ रुपैयाँबाट बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। उपलब्ध विवरणअनुसार सुन प्रतिऔंस १५ डलरले बढेर ४ हजार १४ डलरमा कारोबार भइरहेको छ। यद्यपि, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप घट्न सक्ने प्रक्षेपण भइरहेका बेला नेपाली बजारमा भने मूल्य बढेको छ।

दसैँ बिदापछि खुलेको नेपाली बजारमा अघिल्लो दिन सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। त्यसपछि सोमबार मूल्यमा सुधार देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने अनुमान कायम रहेमा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने विश्लेषण गरिएको छ।

विशेषगरी तिहार नजिकिँदै गर्दा सुनको मूल्यमा हुने उतारचढावलाई उपभोक्ता र व्यवसायीले चासोका साथ हेरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रम जारी रहेमा नेपाली बजारमा पनि सुन सस्तिन सक्ने सम्भावना छ। तर, अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको विनिमय दर र स्थानीय बजारको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने भएकाले तिहारसम्म मूल्य घट्ने निश्चित भने छैन।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया