सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा भने बढाइयो, प्रतितोला ८०० ले बढेर एक लाख ८१ हजार ५०० पुग्यो
- BFIS News
- 2026 Oct 27 11:15
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर १ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटिरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७ डलरले घटेर ४ हजार ६ डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रम जारी रहँदा नेपाली बजारमा भने सुनको मूल्य बढेको हो।
दशैंअघि प्रतितोला २ लाख ९० हजार रुपैयाँ पुगेको सुनको मूल्य दशैं बिदापछि घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ।
यसैबीच, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेकाले आगामी दिनमा यसको मूल्यमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेको छ। अन्तर्राष्ट्रिय बजारमा जुन अनुपातमा घटिरहेको छ नेपालमा भने घटाउन खोजिएको देखिदैन।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया