अपि पावरको लाभांश घोषणा, बोनस शेयर ५ प्रतिशत दिने
- BFIS News
- 2026 Nov 05 10:12
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत हुनुपर्नेछ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
पछिल्ला वर्षको लाभांश इतिहास
अपि पावरले आर्थिक वर्ष २०८२/८३ मा प्रस्ताव गरेको लाभांश आर्थिक वर्ष २०८०/८१ को लाभांशदर बराबर हो। कम्पनीले उक्त आर्थिक वर्षमा पनि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने १०.५ प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश दिएको थियो।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ९ प्रतिशत, २०७५/७६ र २०७४/७५ मा समान ५ प्रतिशत तथा २०७३/७४ मा ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत बोनस शेयर दिएको थियो।
यसअनुसार अपि पावरको प्रस्तावित लाभांश पछिल्ला वर्षको तुलनामा उच्च लाभांशदर होइन। कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी ११.०५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया