Siddartha Bank
Prabhu Mahalaxmi

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई अवसर

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 11:04
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई अवसर
United Ajod

काठमाडौं, १० मंसिर । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

 

Siddartha Bank
EBL
Nepal Life

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

स्थानीय बासिन्दाहरूले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया