Nepal Life

भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 17:26
भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण
National Life

काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि महासंघद्वारा राहत सामग्री पठाउने क्रम निरन्तर जारि छ । हालसम्म महासंघले करिब २२ लाख रुपैया बराबरको राहत सामाग्री हस्तान्तरण गरिसकेको छ ।

NIMB

महासंघ कर्णाली च्याप्टर मार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

महासंघले काठमाडौंमा गृहमन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार