Nepal Life

बोटलर्स नेपाल तराइको बम्पर लाभांश घोषणा, शेयरधनीले ६० प्रतिशत नगद पाउने (हेर्नुहोस् लाभांश इतिहास)

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 09:47
बोटलर्स नेपाल तराइको बम्पर लाभांश घोषणा, शेयरधनीले ६० प्रतिशत नगद पाउने (हेर्नुहोस् लाभांश इतिहास)
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल तराइले शेयरधनीका लागि बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश दिने भएको हो ।

     

NIMB

कम्पनीले गएको वर्ष शेयरधनीहरुलाई लाभांश दिन सकेको थिएन । कम्पनीले नियमित रुपमा लाभांश दिने गरेको छैन । यस भन्दा अगाडी २०७८/७९ मा पनि ६० प्रतिशत नगद लाभांश दिएको थियो । त्यस्तै त्यस भन्दा अगाडी २०७४/७५ मा ४० प्रतिशत लाभांश दिएको थियो । 

कम्पनीको चुक्ता पूँजी १२ करोड रहेको छ । यसको ६० प्रतिशत अर्थात ७ करोड २६ लाख रुपैयाँ शेयरधनीलाई प्रदान गर्नेछ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले पाउने छन् । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १२ हजार ७०८ रुपैयाँ रहेको छ ।

   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया