Nepal Life

दोस्रो बजारकै सर्वाधिक महंगो युनिलिभरको मुनाफा ६२ प्रतिशतले बढ्यो, प्रतिशयर आम्दानी २३९९ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 13:12
दोस्रो बजारकै सर्वाधिक महंगो युनिलिभरको मुनाफा ६२ प्रतिशतले बढ्यो, प्रतिशयर आम्दानी २३९९ रुपैयाँ
Sanima Reliance

काठमाडौं । दोस्रो बजारकै सर्वाधिक महंगो शेयर मूल्य भएको युनिलिभर नेपालको मुनाफा ६२ प्रतिशतले बढेको छ । मुनाफामा बृद्धि सँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २३९९ रुपैयाँ पुगेको छ । 
 

NIMB

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

कम्पनीको सञ्चालन आम्दानीमा सुधार सँगै मुनाफामा पनि उल्लेख्य बृद्धि भएको हो । कम्पनीले समिक्षा अवधिमा ३.७५ प्रतिशतले आम्दानी बढाउदै २ अर्ब ३२ करोड पुर्याएको छ । त्यस्तै अन्य आम्दानी भने ३१.७८ प्रतिशतले घटेर २ करोड ७९ लाख रुपेयाँमा झरेको छ । 

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी २३९९.५७ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ पनि ५ हजार ३३५ रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी र नेटवर्थ एकदमै राम्रो भएकाले कम्पनीको शेयर मूल्य पनि ३७ हजार ९४४ रुपैयाँ रहेको छ । कम्पनीको शेयर सप्लाइ एकदमै कम छ त्यसमा पनि आकर्षक प्रतिशेयर आम्दानी र लाभांश इतिहास भएकाले दोस्रो बजारमै यस कम्पनीको शेयर मूल्य सबै सर्वाधिक धेरै हुने गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया