Nepal Life

जीवन बीमा व्यवसाय २३ प्रतिशतले घट्यो, जेठ महिनासम्ममा एक खर्ब २४ अर्ब आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sun 07:14
जीवन बीमा व्यवसाय २३ प्रतिशतले घट्यो, जेठ महिनासम्ममा एक खर्ब २४ अर्ब आर्जन
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात नयाँ व्यवसाय २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब ९५ करोड १० लाख रुपैयाँ आर्जन गरेका छन् । आर्थिक संकटका कारण र नियामकीय चलखेलका कारण जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उच्च दरले घटेको हो ।

NIMB

बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको तुलनामा संचालनमा रहेका १५ जीवन बीमा कम्पनीहरु मध्ये २ कम्पनीको मात्र प्रथम बीमाशुल्क बढेको छ ।

समिक्षा अवधिसम्ममा गत आर्थिक वर्षको तुलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफको प्रथम बीमाशुल्क बढेको छ । यस अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनीको ७ दशमलव ४१ र आइएमई लाइफको ४।३३ प्रतिशतले प्रथम बीमाशुल्क बढेको छ ।

साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मिलेर बनेको हिमालयन लाइफको प्रथम बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा सर्वाधिक घटेको छ । कम्पनीको यस्तो शुल्क ४५.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, मर्जर प्रक्रियामा रहेको प्रभु र महालक्ष्मी लाइफको पनि प्रथम बीमाशूल्क आर्जन गत आर्थिक वर्षको तुलनामा घटेको छ । जसमा प्रभुको ३९ दशमलव २३ प्रतिशत र महालक्ष्मी लाइफको ३४ दशमलव ६ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिसम्ममा सूूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लाइफ,सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफहरुको प्रथम बीमा शूल्क गत आर्थिक वर्षको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब २४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले कुल एक खर्ब २४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण भने ९८ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जसमा प्रथम बीमा शुल्क आर्जन जम्मा २५ अर्ब ९५ करोड रुपैयाँ मात्रै छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै नेपाल लाइफले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २७ अर्ब २२ करोड रहेको छ भने प्रथम जम्मा ५ अर्ब १३ करोड मात्रै रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया