NIMB Header 2
Nepal Life

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्तिले बनाए विश्व रेकर्ड

Muktinath Bank
  • BFIS News
  • 2023 Nov 11 07:58
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्तिले बनाए विश्व रेकर्ड
National Life

काठमाडौं ।  वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रबारआफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गर्नु भएको हो ।

Shikhar
NIMB

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a cardiovascular livestream on Facebook) भन्ने शीर्षकमा डा.ओम मूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डस् कायम गरेका थिए । असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए ।

डा.ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए ।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गर्नु भएको थियो । यद्यपि, डा. ओम मूर्ति अनिललाई गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो ।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।         

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।  

डा. ओम मूर्ति अनिलको वल्र्ड बुक अफ रेकर्ड, लण्डनको बारेमा

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोश्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाउनु भएको थियो । सन् २०१३-१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर “The longest running radio interview as a guest speaker on heart disease prevention” भन्ने शिर्षकमा विश्व रेकर्ड कायम गरेका हुन् । जसमा कार्यक्रमको प्रस्तोता (होस्ट) बरिष्ठ संचारकर्मी शैलजा सिंहले गर्नु भएको थियो । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया