Nepal Life

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 05:43
गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग
Sanima Reliance

काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।

 

NIMB

गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भुकम्पमा भएको मानविय क्षतिप्रति गोल्डस्टारले हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

यसका साथै कम्पनीले  भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको छ । सङ्कटको घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको हो ।

गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ । 

समयक्रममा गोल्डस्टारले बजारको मागसँग आफुलाई समायोजन गर्दै आज आफुलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको छ । हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया