Nepal Life

मुस्ताङको कोरला नाका आजदेखि खुल्ने, सम्पुर्ण तयारी पूरा

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 05:50
मुस्ताङको कोरला नाका आजदेखि खुल्ने, सम्पुर्ण तयारी पूरा
Sanima Reliance

काठमाडौं । माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज सोमबारदेखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवै तर्फ तयारी पूरा भएको छ ।  

NIMB

आज विहान दश बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने बताइएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् । 

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।  

 नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ ।  

लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । 

कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थिए । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो । 

नाका संचालन हुनेभएपछि स्थानीयहरु उत्साहित भएका छन् । उक्त  नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि  प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको छ । 

 जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया