Nepal Life

लक्ष्मीपूजामा जलाइएको दियोबाट सल्केर आगलागी

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 05:54
लक्ष्मीपूजामा जलाइएको दियोबाट सल्केर आगलागी
Sanima Reliance

काठमाडौं । लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आइतबार साँझ आगलागी भएको हो ।

NIMB

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया