सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने सम्झाैता

  • BFIS News
  • 2023 Jul Sun 07:27
सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने सम्झाैता

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ ।  सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने योजनाहरु ल्याएकाे छ ।

साेहि सम्बन्धमा असार १५ गते, सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको छ । नयाँ बानेश्वर, काठमाडौंमा रहेकाे समाज डेण्टल हस्पिटल एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा छुट दिइने भएकाे हाे ।

सन्राइज क्यापिटलले समाज डेण्टलका कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु

  • निःशुल्क डिम्याट खाता खोल्ने सुविधा 
  • डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट 
  • पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट 
  • निः शुल्क पोर्टफोलियो परामर्श सेवा
  • निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा
  • आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने

समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु :

  • निःशुल्क विशेषज्ञ परामर्श 
  • दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५% छुट ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार