एन आई सी एशिया क्यापिटलले आइडिया टु आइपिओ सेवा सञ्चालन

  • बिएफआईएस न्युज
  • 2022 Feb Tue 19:38
एन आई सी एशिया क्यापिटलले आइडिया टु आइपिओ सेवा सञ्चालन

काठमाडौं । एन आई सी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग संस्थागत परामर्श) सेवा अन्तर्गत "आइडिया टु आइपिओ" नामक नयाँ सेवा संचालनमा ल्याएको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको परिकल्पनादेखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुदै IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुऱ्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ ।

यो सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् । विशेष गरि यो सेवा Agriculture, Hydropower, Hotels and Tourism, Healthcare Services, Textile/Apparel, Trading and Manufacturing, Mineral Based, Fintech, Pharmaceuticals, Energy, E-Commerce, Construction and Hospitality Sectors लगायत प्रचलित कानून बमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरुले लिन सक्ने छन् ।

 

कुनै पनि कम्पनी स्थापन कालदेखि IPO जारी गर्ने अवस्था सम्म पुऱ्याउनु आफैमा एउटा लामो प्रकृया हो । क्यापिटलको "IDEA to IPO" सेवाले जुन सुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै रुपमा IPO जारी गर्ने अवस्थामा पुऱ्याउन महत्वपूर्ण सहयोग गर्दछ । एन आई सी एशिया क्यापिटलको मार्गदर्शन, सहयोग र सहकार्यले गर्दा कुनै पनि कम्पनीलाई सफल कम्पनीको रुपमा स्थापित गराउने क्रममा आईपर्ने हरेक कोसेढुङ्गाहरु सरल र सहजताका साथ हासिल गर्न मद्दत गर्दछ ।

यस क्यापिटलको “IDEA to IPO" सेवाले सम्बन्धित कम्पनीको सेवा तथा व्यवसायीक प्रकृतिको गहन अध्ययन अनुसन्धान गरी उक्त कम्पनीलाई IPO जारी गर्दा नियमनकारी निकायहरुले पुरा गर्नुपर्ने भनि तोकेको सम्पूर्ण सर्तहरु पुरा गर्नको लागि आवश्यक परामर्श तथा उचित मार्गदर्शन प्रदान गर्दछ ।

IDEA देखि IPO Journey लाई सफलतापूर्वक अगाडी बढाउन Private Equity/Venture Capital को लगानीले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यस प्रकारको कोषले पूँजीको श्रोत जुटाईदिने मात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पुयाउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको बाण्डिङ्ग, व्यवसायीक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतिहरुको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नविनतम प्रविधिको प्रयोगका साथै कम्पनीको आक्रमक रुपमा व्यवसाय विस्तारको लागि सही समयमा आवश्यक पूँजी व्यवस्थापन गरिदिने लगायतका कार्यहरु गर्दछ । साथै यस क्यापिटलले Private Equity/Venture Capital संचालनका लागि अनुमति पत्रको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । उक्त अनुमति प्राप्त भए पश्चात मात्र यो सेवा समेत संचालन गरिनेछ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश कम्पनीहरुले पूँजी तथा आवश्यक प्राविधिक ज्ञान, सीपको अभावले गर्दा सम्बन्धित व्यवसाय सोचे अनुरुप विस्तार नभएको देखिन्छ । सोही कुरालाई मध्ये नजर गर्दै एन आई सी एशिया क्यापिटलले पूँजीको अभावमा व्यवसाय विस्तार गर्न नसकिरहेका कम्पनीहरुलाई धितोपत्रको दोश्रो बजार मार्फत सर्वसाधारणमा शेयर जारी गर्ने व्यवस्था मिलाई थप पूँजी जुटाइदिने मुख्य उद्देश्यका साथ क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कम्पनी स्थापना काल देखि IPO जारी गर्ने अवस्था सम्म पुरा गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रकृयाहरु तथा IPO निष्काशन पश्चात गर्नुपर्ने सम्पूर्ण कार्यलाई एकिकृत कार्ययोजना बनाई IPO- Readiness Assessment Test (RATE) सेवा उपलब्ध गराएको छ । IPO- Readiness Assessment Test (RATE) कुनै पनि कम्पनीहरुले सर्वसाधारण शेयर जारी गर्नु भन्दा पहिला नियमनकारी निकायहरुले तोकेका सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । अर्थात कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानूनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा शेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ । यस्ता सर्तहरु कम्पनी व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । यस सेवा अन्तर्गत IPO निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरु तथा IPO जारी गर्नुभन्दा पहिला आउन सक्ने समस्या तथा चुनौतीहरुको सुष्म तरिकाबाट जाँच गरी उचित समयमा सही निर्णय लिन मद्दत गर्दछ ।

यस IPO-Readiness Assessment Test (RATE) प्रकृयाबाट सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कपोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भएनभएको ग्याप पत्ता लगाई उक्त ग्याप कमी कमजोरीहरु सुधार गर्न सहयोग गर्दछ । सर्वसधारणमा शेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरि धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तराष्ट्रिय Valuation Model को प्रयोग गरी सर्वसाधारणमा जारी गरिने शेयरको मूल्य निर्धारण गरिने छ । उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मुल्यमा IPO जारी गर्दा Par Value मा मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मुल्याङ्कन गरी थप Premium वा Book Building विधिबाट विक्री गर्न समेत सुझाव दिईनेछ । IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको IPO जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त IPO शेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ ।

IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको तत्तकाल IPO जारी गर्न नसक्ने अवस्था देखिएमा तेस्ता कम्पनीहरुको IPO जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र IPO जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सहयोग गरिनेछ । यदि IPO मा जान नमिल्लने वा लामो समय लाग्ने देखिएका कम्पनीहरुलाई शेयर कारोबारका लागि OTC Markets मा सूचिकरण गराउन आवश्यक सहयोग गरिने छ ।

Post IPO सेवा:

कुनै पनि कम्पनीले IPO मा शेयर जारी गरे पश्चात अर्थात पब्लिक कम्पनीहरुले नियमनकारी निकायहरुले तोके बमोजिमको नियमित रिपोटिङ्ग, शेयरधनी बिबरण अध्यावधिक गर्ने लगायतका कार्यहरु नियमित गर्नुपर्ने भएकोले क्यापिटलले आफ्नो शेयर रजिष्ट्रार सेवा अन्तर्गत उक्त सम्पूर्ण सेवा समेत प्रदान गर्ने छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार