छिमेक लघुवित्तले घोषणा गर्यो २५ प्रतिशत लाभांश, ९० करोड ४३ लाख रुपैयाँ वितरण गर्ने
- BFIS News
- 2026 Nov 05 10:35
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले बोनस शेयर र नगद लाभांश गरी कुल ९० करोड ४३ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो।
कात्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको ३४५औँ बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ६१ करोड रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावअनुसार शेयरधनीले ११.९६३१ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन्। यसको मूल्य ४३ करोड २७ लाख रुपैयाँ बराबर हुनेछ। त्यस्तै, १३.०३६९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ। नगद लाभांशको रकम ४७ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।
पछिल्ला वर्षमा २५ प्रतिशत लाभांश निरन्तर
छिमेक लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा पनि २५ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त वर्ष संस्थाले १२.५ प्रतिशत बोनस शेयर र १२.५ प्रतिशत नगद लाभांश दिएको थियो। यसअघि आर्थिक वर्ष २०८०/८१ र २०७९/८० मा भने क्रमशः १५/१५ प्रतिशत लाभांश वितरण गरेको थियो।
संस्थाको लाभांश इतिहास हेर्दा आर्थिक वर्ष २०७२/७३ र २०७१/७२ मा सबैभन्दा बढी ५२.७ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ४५ प्रतिशत, २०७०/७१ मा ४५ प्रतिशत र २०६९/७० मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो।
आर्थिक वर्ष २०७५/७६ मा ४४.३२ प्रतिशत, २०७४/७५ मा ४० प्रतिशत र २०७६/७७ मा २९ प्रतिशत लाभांश वितरण गरेको संस्थाले त्यसपछिका वर्षमा लाभांश दर घटाउँदै लगेको देखिन्छ।
हाल दोस्रो बजारमा संस्थाको शेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ९७० रुपैयाँ रहेको छ।
छिमेक लघुवित्तको लाभांश इतिहास
|
आर्थिक वर्ष |
बोनस शेयर (%) |
नगद लाभांश (%) |
कुल लाभांश (%) |
|---|---|---|---|
|
२०८२/८३ |
११.९६३१ |
१३.०३६९ |
२५ |
|
२०८१/८२ |
१२.५ |
१२.५ |
२५ |
|
२०८०/८१ |
८ |
७ |
१५ |
|
२०७९/८० |
५ |
१० |
१५ |
|
२०७८/७९ |
२२ |
३.२६ |
२५.२६ |
|
२०७७/७८ |
२७ |
३ |
३० |
|
२०७६/७७ |
२२ |
७ |
२९ |
|
२०७५/७६ |
२७.११ |
१७.२१ |
४४.३२ |
|
२०७४/७५ |
१८ |
२२ |
४० |
|
२०७३/७४ |
१९.८९ |
२५.११ |
४५ |
|
२०७२/७३ |
४० |
१२.७ |
५२.७ |
|
२०७१/७२ |
४० |
१२.७ |
५२.७ |
|
२०७०/७१ |
३५ |
१० |
४५ |
|
२०६९/७० |
३३.२३ |
१५ |
४८ |
|
२०६८/६९ |
२५ |
१७.१ |
४२.१ |
|
२०६७/६८ |
० |
२५ |
२५ |
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया