Siddartha Bank
Prabhu Mahalaxmi

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए कांग्रेस चुप लागेर बस्दैन : उदयशमशेर राणा

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 12:30
गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए कांग्रेस चुप लागेर बस्दैन : उदयशमशेर राणा
United Ajod

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण वा गैरकानुनी कदम चाल्न खोजे कांग्रेसले त्यसको सशक्त राजनीतिक प्रतिरोध गर्ने बताएका छन्।

Siddartha Bank
EBL
Nepal Life

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ छ।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’

उनले सम्भावित गैरकानुनी सरकारी कदमविरुद्ध एकजुट भएर उभिन कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे।

गैरकानुनी पक्राउ गर्न नमानेपछि आईजीपी हटाइएको आरोप

महामन्त्री राणाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा मानिसहरू पक्राउ गर्न दबाब दिइएको र त्यसलाई अस्वीकार गरेपछि पदबाट हटाइएको आरोप लगाए।

सरकारले आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजेको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजेको उनको दाबी छ। आईजीपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाले आरोप लगाए।

सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्नु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनले बताए।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बन्दै गएको दाबी गरे। पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।

सञ्चारमाध्यम र न्यायालयमाथि हस्तक्षेप बढेको दाबी

सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए।

त्यस्तै, न्यायालयमाथि पनि सरकारका निकट व्यक्तिहरूमार्फत प्रभाव पार्न खोजिएको उनको आरोप छ। राज्यका प्रमुख अंगहरूलाई नियन्त्रणमा लिने प्रयास लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौती हुने राणाको भनाइ छ।

उनले देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने बताए।

प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजेको आरोप लगाउँदै राणाले त्यसविरुद्ध प्रतिरोध गर्न जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको समेत बताए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार