Siddartha Bank
Prabhu Mahalaxmi

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको अनुमति, चुक्ता पूँजी २२ अर्ब ३७ करोड पुग्ने

United Ajod
  • BFIS News
  • 2026 Nov 04 15:35
एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको अनुमति, चुक्ता पूँजी २२ अर्ब ३७ करोड पुग्ने
Sanima Reliance Life Insurance Company

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।

Nepal Life
NIMB

सेबोनले कात्तिक १७, २०८३ मा बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो। स्वीकृतिपछि बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर निष्कासन गर्नेछ। यसअनुसार बैंकले हकप्रद शेयरमार्फत ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ पूँजी जुटाउनेछ। उक्त शेयर बैंकका कायम शेयरधनीले आफ्नो स्वामित्वको शेयर अनुपातमा खरिद गर्न पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।

हकप्रद शेयर निष्कासनको अनुमति पाएसँगै बैंकको पूँजी वृद्धि प्रक्रिया अघि बढ्ने भएको छ। समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया